२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृिद्ध

अ+ अ-

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहुँ उत्पादन राम्रो भएको किसानले बताएका छन् ।

गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

गतवर्ष प्रतिहेक्टर ३।२ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर ३.६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिए ।

उनले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए ।

गतवर्ष पर्सामा रु एक अर्ब ८३ करोड ४ लाखको गहुँ उत्पादन भएको तुलनामा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन हुने कुर्मीको भनाइ छ ।

पर्सामा रहेको कूल ५० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ३ हजार १०० हेक्टर जग्गामात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश नं २ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १५० थान विद्युतीय मोटर वितरण गर्न रु ४५ लाख विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रले जनाइको छ । विनियोजित बजेटबाट जडान भए पनि कृषि कार्यमा लागत घट्नुको साथै ४०० हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा गर्न सकिने प्रसा कुर्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस