२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा सामान्य वृद्धि

अ+ अ-

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर १ हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये बैङ्किङ ८.९३, होटल १.६३, विकास बैंक ४.०९ र जीवन बीमा ३९.१९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्युत ०.४४, वित्त ०.१३, निर्जीवन बीमा ९.३८, उत्पादन ८.४२, अन्य ०.२७ र लघुवित्त १४.०२ विन्दुले घटेका छन् ।

कारोबार रकमका आधारमा आज पनि एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । एनएमबीको रु सात करोड २६ लाख १५ हजार १५१, एनआइसी एसियाको रु ४ करोड ५४ लाख ७७ हजार ८००, नेपाल बैंक लिमिटेडको रु ४ करोड ३३ लाख ६६ हजार ७९९, प्रभु बैंक लिमिटेडको रु ४ करोड ३१ लाख ५९ हजार १८३ र कुमारी बैंक लिमिटेडको रु ३ करोड ८८ लाख ३ हजार ६५१ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७५, युनिभर्सल पावर कम्पनी ५.५६, युनाइटेड फाइनान्स ४.६६, नबिल इक्विटी फण्ड ४.५० र चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाए ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर धनीले ४.०८, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.८५, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था ३.७८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.५५ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस