बैतडी । बैतडीमा मदन भण्डारी फाउण्डेशनको २७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
कमिटीमा चक्र कार्की अध्यक्ष तथा सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली र अन्य सदस्यहरु रहेका छन् ।
फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पुर्याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।
फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिबल प्रतियोगिता गरी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटीका कोषाध्यक्ष सरस्वती नेपालीले बताइन् ।