२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्योदयका चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार

अ+ अ-

पशुपतिगनर । चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बुँदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् ।

एशोसिएसनको गत चैत ३० गतेको बैठकले सरकारसँग केही शर्त राखेर असारसम्म श्रमिकलाई सेवासुविधा दिने जनाएको छ । एशोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ । सरकारले पछिल्लो समय तोकेको सेवासुविधा पाउनुपर्ने भन्दै चिया श्रमिक आन्दोलित भएपछि मजदुरको आन्दोलनका कारण चिया उद्योगसँगै किसानलाई पनि समस्या भएको भन्दै एशोसिएसनका पदाधिकारीको टोलीले काठमाडौं पुगेर सरकारसँग २५ बुँदे माग राखेको थियो । ती माग पूरा भए मात्र मजदुरको बढेको सेवासुविधालाई निरन्तरता दिन सकिने एशोसिएसनका अध्यक्ष पुनम राईले बताइन् ।

सरकारले पछिल्लो समय चिया मजदुरको दैनिक ज्याला रु २३१, महँगी भत्ता रु १५४, खाजाभत्ता रु ४२ तोकेको छ । ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि आठ दशमलव ३३ प्रतिशत र सामाजिक सुरक्षाकोषमा एक दशमलव ६७ प्रतिशत उद्योगले भुक्तानी गर्नु पर्दछ । यसरी सरकारले तोकेअनुसार सेवासुविधा दिँदा दैनिक रु ४२७ उद्योगले मजदुरलाई भुक्तानी गर्नुपर्दछ ।

नौ उद्योगमा तत्काल लागू नहुने

नगरपालिका क्षेत्रभित्रका ६१ उद्योगमध्ये सरकारी स्वामित्व रहेको कन्याम चिया बगान, सुन्दरपानी टी स्टेटलगायतका नौ उद्योगमा भने श्रम ऐन कार्यान्वयन हुनेछैन ।

सरकारले चिया उद्योगलाई बेवास्ता गरेको भन्दै चिया उद्योगलाई दीर्घकालीन कृषि उद्योगको रुपमा विकास गर्न एशोसिएसनले माग गरेको छ । नेपालमा उत्पादित ९० प्रतिशत चिया भारतमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने चिया उद्योगीको माग छ ।

विद्युत् महसुलमा सहुलियत तथा अनुदानको व्यवस्था, किसानलाई अनुदानको व्यवस्था, कारखानाको मेसिन औजार र मेसिन खरीदमा विशेष अनुदानलगायतका माग उद्योगीको छ । नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माले सरकारी स्वामित्व रहेको कन्याम चिया बगानमा समेत श्रम ऐन कार्यान्वयन हुनुपर्ने बताए । उनले टी एशोसिएसनमा आबद्ध नभएका सुन्दरपानीलगायत नौ उद्योगसँग छलफल चलाएर नगरक्षेत्रका ६१ वटै निजी उद्योगमा श्रम ऐन लागू गर्न पहल गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस