२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन

अ+ अ-

जनकपुरधाम । सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई इमान्दारिता पूर्वक काम गर्न निर्देशन दिएका छन् ।

उनले पल÷पलमा लापरवाही प्रस्ट भइरहेको स्थितिमा नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आमजनता समक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका हुन् ।

निष्ठा, उत्तरदायी र जवाफदेही वहनलेनै देश, संस्था र जीवनको हित हुने बताए । नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज आयोजित छलफल कार्यक्रममा उनले टेलिकमको गरिमालाई बचाइ आमजनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याए ।

उनले वर्तमान गतिले टेलिकमको भविष्य उज्ज्वल हुन नसक्ने उल्लेख गर्दै उनले एकातर्फ रूवावासीको अवस्था रहेको र अर्कोतर्फ युनियनले स्वायत्तताको माग अघि सार्नु चिन्ताको विषय रहेको बताए ।

टेलिकमलाई आम नागरिकले अपनत्व बोध गर्नसक्ने गरी ल्याएको शेयर वितरण कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने दिशामा व्यवस्थापन र कर्मचारीको सकारात्मक पहलको आवश्यकता रहेको पनि उनले धारणा राखे ।

उनले सिम परिवर्तनका प्रणालीलाई स्थानीय तहमा विस्तार गरी अनलाइन सेवा उपलब्ध गराउनमा ध्यान केन्द्रित गरी नेटवर्किङ्ग समस्याको समाधान गर्न पहलको आवश्यकता औंल्याए । कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जनकपुर कार्यालय प्रमुख चिन्मय आनन्द र कर्मचारीले विद्यमान समस्याबारे जानकारी गराएका थिए ।