२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प गएको तीन वर्षपछि प्रबलीकरण शुरु

अ+ अ-

बनेपा । भूकम्प गएको करीब तीन वर्षपछि यसबाट चर्केका घरको औपचारिक रुपमा प्रबलीकरण गर्ने काम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना र सहयोगी निकाय युकेएआइडी, युएनओपिएस र ब्युल्ड चेञ्जको सहयोगमा शुक्रबारदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ फलाँटेबाट शुरु भएको हो ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरानो घरलाई बलियो र सुरक्षित बनाउने काम प्रबलीकरणले गर्ने भएकाले यो काम शुरु गरेको बताए । “हिजो हाम्रो क्षति हुन पुगेका ढुङ्गा, माटो र काठले बनाएका घरहरु केही नयाँ चिजहरु थपेर बनाएको खण्डमा भूकम्पप्रतिरोधी हुन्छन्,” उनले भने, “यसअघि इञ्जिनीयरहरुलाई पनि यससम्बन्धी अध्ययन गर्न समय लागेको कारणले गर्दाखेरी केही समय ढिला हुन गएको हो ।”

उनले विभिन्न देशका विज्ञहरुसँग गरेको अध्ययन अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत यसलाई प्रयोगमा ल्याइएको बताए। “बन्न लागेको घर कसरी बलियो बन्दोरहेछ हेर्नुहोस् र अरू स्थानीय बासिन्दाले पनि यसरी नै प्राविधिकबाट बलियो बनाउन लाग्नुहोस्,” कार्यकारी अधिकृत ज्ञवालीले भने, “नमूनाका रुपमा बन्न लागेको घरबाट अरूले पनि सिकेर जानेछन् र यसैबाट प्रशिक्षित भएका प्राविधिकहरुले अरू घरहरु बनाउनेछन् ।”

घर बनाउने मात्रै नभई यसलाई ज्ञान केन्द्रका रुपमा स्थापित गर्ने बताउँदै उनले दश हजार प्राविधिक निर्माण गरेर काम अगाडि बढाउने र त्यसका लागि प्राधिकरणले निर्माण सामग्री, निर्माणकर्मी र एक लाखसम्म उपलब्ध गराउने जानकारी दिए ।

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले अनौपचारिक रुपमा यसअघि पनि केही एनजिओहरुले प्रबलीकरणको कार्य शुरु गरेको भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा पहिलो पटक शुरु भएको बताए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले प्रबलीकरणबाट बन्ने घरका लागि नमूनाका रुपमा अगाडि बढाउने बताए।

इञ्जिनीयर श्रीकृष्ण श्रेष्ठले स्ट्रोंग ब्याक फिटिङ विधिबाट प्रबलीकरणको काम गर्न लागेको बताए । “यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर बाहिरबाट बाँध्ने काम गरिएको छ,” उनले भने, “भित्र काम गर्ने बेलामा सुरक्षित महसुस हुन्छ ।”

नमोबुद्ध नगरपालिका–५ फलाटेका राधा परियार र छत्रबहादुर परियारले भने, “भूकम्पले घर चर्केकाले बस्न डर मानी मानी बस्दै आएका थियौँ, अब प्रबलीकरण गर्ने भएपछि ढुक्क हुने भयौँ ।” सो घरमा सात जनाको परिवार बस्दै आएको छ । ती सहयोगी संस्थाले भूकम्प अति प्रभावित १४ जिल्लामा ११४ वटा र अन्य ३२ जिल्लामा एक हजार वटा घर प्रबलीकरण गरिने जनाएको छ । रासस