२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरा छिमेकी

अ+ अ-

मेरो एउटा सानो घर छ
बाहिर हेर्दा सुन्दर
भित्र झनै सुन्दर
यही मेरो घरको सुन्दरतामा
लडीबुडी गर्न रुचाउने
मेरा दुई सच्चा छिमेकी छन्
म उनीहरूलाई धेरै माया गर्छु
उनीहरू मायाको बदलामा
मलाई उपहार दिन्छन्
धनी छन्, उपहार दिन्छन्
ठिकै हो !! म लिन्छु।
किनकि म गरिब छु।।

उनीहरू उपहार मात्र होइन
मलाई पटक पटक
आफ्नो समीपमा बोलाइ
मिठो परिकार खुलाउँछन्
मेरो घरको सौर्न्दर्यतामा
सुन्दर बगैँचा र फुलबारीको
बखानमा समय खर्चिदा
म हँसिलो मुहारमा
ताली पिट्दै, गला मिलाउँदै
छिमेकीको जयजयकार गर्छु
वा यस्तो पो छिमेकी
मेरो सच्चा छिमेकी ।।

तलै तला युक्त
छिमेकीका ठुला महलमा
म प्राय: गइरहन्छु
मेरा मनका भावना ,
दुखाइ, भोगाइ
वेदना र मनका चाहना
उनैलाई पोख्छु
आजकल परिवारमा
मनमुटाब हुँदासमेत
उनीहरूलाई नै सुनाउँछु
रिसाउँदा एक हप्ता नबोल्ने मेरी प्रिय
छिमेकीले यसो कान फुक्दैमा
मक्ख हुन्छे
अनि किच्च हाँस्दै प्यार बढाउँछे
वा क्या गजबको जादु ,
गजबको छिमेकी
यस्तो पो छिमेकी ।।

आजकल उनीहरूलाई
मेरा घर, बगैँचा अनि कुना कन्दराका
हरेक कुरा थाहा छ
उ मेरा सुन्दर बगैँचाका फुलहरू
पाकेका फलहरू
नसोधी चुँडेर लान्छ
देखिहाले मागेर लान्छ
कहिलेकाहीँ फकाएर लान्छ
मेरो धारामा आउने सफा पानी
कहिले उ नसोधी लान्छ
कहिले फकाएर लान्छ
कहिले धारा बिग्रेमा
बनाइदिन्छु भन्दै लान्छ
वा  क्या गज्जबको छिमेकी
मेरो सच्चा छिमेकी ।।

कहिलेकाहीँ बिहान उठ्दा
साधको आली खनिएको हुन्छ
म यसो सोच्दछु
बिचराले झुक्किएर खनेछ क्यारे !
छिमेकी हो हल्काफुल्का भैहाल्छनि !
मनलाई सान्त्वना दिन्छु
तर …………..???
केही महिनामै
साध धेरै वर आउँछ
म रन्किछु, झुक्किन्छु
कडा जवाफमा चेतावनी दिन्छु।।

तर ……….केही दिनमै
घरमा सङ्कटा र भ्रामरी छाउँछ
एक्कासि श्रीमती गर्जिन्छे
भाइ छाती फुलाउँछ
साला छिमेकी ……….
मेरो परिवारलाई भट्काएछ
म सम्झाउने कोसिस गर्छु
तर हरेक प्रयास निरर्थकका बिच
फेरि उही छिमेकीलाई
मिलाउने याचनामा गुहार माग्दा
उ त्यही मिचेको
आलीको साधक कुरा
ननिकाल्न आग्रह गर्छ।।
म लाचार हुँदै
टाउको हल्लाउँछु
उ फेरि घरमा कान फुक्छ
केही दिनमै श्रीमती मस्किछे
भाइ निहुरिन्छ
वा क्या शक्तिशाली छिमेकी
गजबको छिमेकी
यस्तो पो छिमेकी ।।

प्रतिक्रिया दिनुहोस