काठमाडौँ । महालेखा परीक्षक कार्यालयले ५६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
कार्यालयले शुक्रबार आफ्नो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको हो।
कार्यालयले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको छ । जसमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ।
महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनको पूर्णपाठ