३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणको नाफा रु तीन अर्ब

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करीब रु ३ अर्ब खुद नाफा गर्न सफल भएको छ ।

विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु २ अर्ब ८४ करोड ८१ लाख देखिएको हो ।

महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष रु २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ । आव २०७२/७३ मा जगेडा तथा सञ्चित कोष रु २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो ।

गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४/७५ मा रु १ अर्ब १ करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो ।

विसं २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य मात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।

घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३÷७४ मा प्राधिकरणले रु एक अर्ब ४६ करोड ७३ लाख खुद नाफा कमाएको थियो । आव २०७४/७५ मा नाफा बढेर झण्डै रु ३ अर्ब पुगेको छ ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौती अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको शेयर पूँजी रु १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व करीब रु १ खर्ब २० अर्ब ९५ करोड र चालू दायित्व करीब रु ८४ अर्ब ७८ करोड समेत कूल पूँजी तथा दायित्व रु २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख छ ।

प्रतिक्रिया दिनुहोस