२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह

अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गरेका छन् ।

आर्थिक तथा सामाजिक परिषद (इकोसोक)को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा लगानीको वातावरण बनाउन सके विश्वका युवाको जीवनमा नयाँ मोड आउनेछ भने ।

महासचिव गुटेरेसले गुणस्तरीय शिक्षाका क्षेत्रमा लगानी गरी युवा वर्गलाई बेरोजगार हुनबाट जोगाउनुपर्नेमा पनि जोड दिए ।

हाल विश्वमा युवावर्गको बेरोजगारी दर बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थाको न्यूनीकरणका लागि शिक्षाका क्षेत्रमा लगानी बढाएको विकल्प नरहेको धारणा राखे ।

हाल विश्वमा कम्तीमा ६ करोड ४० लाख युवा बेरोजगार रहेका, १ करोड ४५ लाख युवा गरिबीको चपेटामा रहेका तथा करिब ६१ करोड ७० लाख युवालाई सामान्य हिसाब पनि नआउने अवस्था रहेको महासचिव गुटेरेसले बताए।

त्यसैगरी युवती पनि ठूलो संख्यामा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट बन्चित हुन पुगेको उनको भनाई थियो ।

उनले युवाको तुलनामा किशोरीहरुलाई बिना ज्याला काममा लगाउने गरिएको र उनीहरुले बाँच्नकै लागि बाध्य भएर श्रम गर्नु परिरहेको पनि बताए ।

महासचिव गुटेरेसले विश्वका कतिपय क्षेत्रमा किशोरीहरुलाई बिना ज्याला काम लगाइने र बेरोजगार युवतीको संख्या युवाको तुलनामा झण्डै दोब्बर रहेको छ भने ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकाससम्बन्धी लक्ष पूरा गर्नका लागि पनि विश्वका देशहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले युवा लक्षित गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस