१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैद्धान्तिक निष्ठा नै एकताको आधार : नेता सिटौला

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सैद्धान्तिक निष्ठा नै पार्टी एकताको आधार र तागत भएको भन्दै यसमा कुनै सम्झौता गर्न नहुने बताएका छन् ।

काठमाडौँ कांग्रेसको क्षेत्र नं ६ ले जनआन्दोलन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेतृत्वमा आएको सैद्धान्तिक विचलनका कारण गत वर्षको निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको धारणा व्यक्त गरे ।

विसं २०४६ को जनआन्दोलनमा लाौहपुरुष गणेशमान सिंहले निर्वाह गरेका नेतृत्वदायी भूमिका र त्यागको स्मरण गर्दै नेता सिटौलाले भने, ‘कांग्रेसले इतिहासमा धेरै निर्वाचन लड्यो, कहिले जित्यो त कहिले हार्‍यो, तर नेतृत्वले कहिल्यै पनि अरु पार्टीका चुनाव चिन्ह्मा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएन ।’

गत वर्षका निर्वाचनमा कांग्रेसले तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपालसँगको सहकार्य तथा ती दलका नेतालाई सघाउनु कमजोरी भएको उनको टिप्पणी थियो । नेता सिटौलाले पार्टीमा वृहत एकताका लागि नेतृत्व ले गल्ती महसुस गरेर अघि बढ्नुपर्ने बताए ।

सांसद भीमसेनदास प्रधानले पार्टीमा नेतृत्वबाटै गुटगत राजनीति स्थानीयस्तरसम्म हाबी भएको उल्लेख गर्दै यसको अन्त्य गर्न नेतृत्वबाटै सुधार हुनुपर्ने बताए ।

काठमाडौँ काङ्ग्रेसका जिल्ला सभापति कृष्ण सबुज बानियाँले केन्द्रीय पदाधिकारी एवं सदस्य पनि पार्टीका स्थानीय तहबाट निर्वाचित हुनुपर्ने र समानुपातिक समावेशी पद दोहोर्‍याउन नहुने प्रावधान पार्टी सङ्गठनको हितमा भएकाले यसलाई लागू गर्न नेतृत्व सहर्ष तयार हुनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले अब्बल कांग्रेस बनाउन नेताहरु इमान्दार हुनुपर्ने बताउँदै आगामी निर्वाचनका लागि पार्टीले आजैदेखि देशव्यापी अभियान थाल्नुपर्ने सुझाव दिए ।

कांग्रेसका स्थानीय नेताहरु श्यामकृष्ण खड्गी, सावित्री राजभण्डारी, होम खड्का, श्रीराम थापा, लक्ष्मण महर्जन, हरिहर अधिकारी, विष्णुभक्त तिमिल्सिनालगायतले पार्टीको एकताका लागि गुटको राजनीति अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई नेता सिटौलाले पार्टीका तर्फबाट विशेष सम्मान गरेका थिए ।

साथै उनले धादिङको साविक चैनपुर गाउँ विकास समिति–७ मा तत्कालीन नेकपा ९एमाले० बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस