२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार विरुद्ध राजनीतिक दल लाग्नुपर्छ : नेता सिंह

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन् । प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अभियान : लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा उनले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दलनै लाग्नुपर्ने बताएका हुन् ।

नेता सिंहले विसं २०४६ को जनआन्दोलनलाई सफल बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। ‘विसं २०४६ मा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा विसं २०६२/६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो राजनीतिक दलको कमजोरी हो’, उनले भने, ‘गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता हुनुहुन्थ्यो ।’

काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । ‘गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणमा लागि पर्ने व्यक्ति हुनुहुन्थ्यो’, उनले भने।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको बताए । ‘भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ’, उनले भने । पूर्वसभामुख ढुङ्गानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधि लाग्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताए । आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गरे । ‘नेपालमा भ्रष्टाचारलाई कारवाही गरीने कानून फितलो हुँदा भ्रष्टाचार बढ्दै गएको छ’, उनले भने।

पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली महङ्गो हुँदै गएको बताए । ‘निर्वाचन प्रणाली खर्चिलो हुँदै जाँदा भ्रष्टाचार पनि बढ्दै गयो’, उनले भने । डा.दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको बताए । विसं २०७२ कात्तिक २४ मा जन्मएका नेता सिंहको आह्वानमा विसं २०४६ को जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस