दुई आयोगका पदाधिकारी छनोटको कार्यविधि तयार, योग्यता पुगेकाले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई आयोगका पदाधिकारी छनोटको कार्यविधि तयार, योग्यता पुगेकाले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने


२५ चैत्र २०७५, सोमबार


काठमाडौं । दुई आयोगका पदाधिकारी छनोटको कार्यविधि तयार भएको छ । द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन बनाइएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोटका लागि कार्यविधि तयार भएको हो ।

आयोगका अध्यक्ष तथा सदस्य सिफारिस गर्न सरकारद्वारा गठित सिफारिस समितिको आइतबार बसेको बैठकले छनोट प्रक्रिया स्वीकृत गरेको छ ।

दुई आयोगका अध्यक्ष तथा सदस्यका लागि योग्यता पुगेका इच्छुकले कार्यविधिमा उल्लिखित अनुसूची बमोजिमको फारम भरी आवेदन दिन समितिले सूचना सार्वजनिक गरेको छ।

गोरखापत्र दैनिकमा आज सूचना प्रकाशित गर्दै समितिले आजकै मितिले सात दिनभित्र समितिको सचिवालय सिंहदरबारमा आवेदन पेस गर्न आह्वान गरेको छ।

यस्तो छ कार्यविधि :

प्रतिक्रिया दिनुहोस