काठमाडौं । स्थगित भएको मातृभूमि कप अर्को शशनिबार हुने भएको छ । धुर्मुस–सुन्तली फाउनडेसनद्वारा आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत्र ३० गतेको लागि सारिएको हो ।
निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गाला’ निर्माणको सहयोगार्थ यो खेलको आयोजना गरिएको थियो । २३ शनिबार हुने भनिएको खेल अर्को निबार ३० गतेका लागि सारिएको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने उनले जनाएका छन् । साथै, सोही दिन पनि त्रिवि मैदानमा टिकट लिन सकिनेछ ।
खेलका लागि कलाकारको दुई टोली र क्रिकेटरको दुई टोलीको छनोट भइसकेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारले ए र बी टिममा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् । ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठ र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।
यस्तै राष्ट्रिय क्रिकेटरहरुको सहभागीता रहेको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको ज्ञानेन्द्र मल्लले गर्नेछन् ।