बागलुङ । रुखले च्यापेर कांग्रेसका एक नेताको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–६ का निवर्तमान उप–सभापति ३५ वर्षीय हिमबहादुर घर्तीको रुखले च्यापिएर मृत्यु भएको हो ।
घर्ती रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका थिए । घाइते भएका घर्तीको उपचारका लागि गण्डकी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको स्थानीय हेम सापकोटाले जनाएका छन् ।
घर्तीको पार्थिव शरीरमा संघीय सांसद ज्ञानकुमारी छन्त्याल र नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवरले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।