काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ ।
शनिबार राति भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो भने मुम्बईले ब्याटिङ गरेको थियो । मुम्बईले खेल शुरु गरेको निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
१३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो ।
आईपीएलको १२ औं संस्करणमा हैदरावादको टिम पहिलो पटक १०० रन बनाउन चुक्यो ।
उसले आफ्नो पहिलो खेलमा १८१, दोस्रो खेलमा २०१, तेस्रो खेलमा २३१ र चौथो खेलमा १३१ रन बनाएको थियो ।
हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
मुम्बईका अलजारी जोसेफले ३.४ ओभरमा १२ रन दिएर ६ विकेट बनाए । उनी म्यान अफ दि म्याच बने ।
यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।
अलजारीको आईपीएलमा यो डेब्यू खेल थियो । आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् अलजारी । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए ।
अलजारीका साथै मुम्बईका लागि राहुल चाहले २ तथा जेसन बेहरेनडर्फ र जसप्रित बुमराहले ११ विकेट लिए ।
मुम्बईका लागि किरोन पोलार्ड हाइएस्ट स्कोरर बने । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाए ।
कप्तान रोहित शर्माले १४ बलमा ११ रन बनाए । सूर्य कुमारले ८ बलमा ७ रन र डिककले १८ बलमा १९ रन बनाए ।
खेल राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा भएको थियो ।