२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरी पीडितलाई एक नम्बर प्रदेशको एक करोड सहयोग

अ+ अ-

विराटनगर । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ ।

बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको, दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल सहयोगसमिति प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठन गरेको र मेलाका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान भएको, संघ संस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृति भएको, चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधि, २०७५ स्वीकृत प्रदान भएको र चैत १७ गते बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि बैठकले गरेको छ ।

बैठकले गाउँ तथा नगर सभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस