काठमाडौं । संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझा विरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले आउँदो २९ गतेभित्र थपलिया र ओझा यो पदमा रहन योग्य नभए उजुरी दिन आग्रह गरेको हो ।
समितिको फोन नम्बर ०१ ४२००२७७ मा फोन गरेर वा [email protected] मा इमेल गरेर उजुरी दिन सकिनेछ ।