एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लामो समयपछि बार्सिलोना बराबरीमा रोकिएको छ ।
भिया रियलको घरेलु मैदानमा मंगलबार भएको खेलमा बार्साले भिया रियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो ।
खेलको १२ औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
बार्सिलोनाका लागि माल्कोमले खेलको १६ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २३ औँ मिनेटमा भिया रियलका स्यामुयल चुकवाजाईले गोल गर्दै खेल २–१ मा ल्याए ।
खेलको ५० औँ मिनेटमा कार्ल टोको इकाम्बीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ६० औँ मिनेटमा भिसेन्ट इबोराले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाए ।
त्यस्तै, ८० औँ मिनेटमा कार्लोस बाकाले गोल गर्दै भिया रियललाई ४–२ को अग्रता दिलाए ।