२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरी : मृत्यु भएकामध्ये २५ को सनाखत

अ+ अ-

काठमाडौं । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण मृत्यु पुष्टि भएका २७ मध्ये २५ जनाको सनाखत भएको छ ।

गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले यकिन विवरण आइनसके पनि अहिलेसम्म २५ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ । मृत्यु भएकामा १२ पुरुष, १० महिला र ५ बालबालिका छन् ।

गृहमन्त्रालयका प्रवक्ता रामृष्ण सुवेदीले गम्भीर घाइतेमध्ये सात जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनले अहिलेसम्म मृत्यु पुष्टि भएर २७ जनाको विवरण मन्त्रालयमा आइपुगेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

मृत्यु भएका नौ को शव नारायणी उपक्षेत्रीय अस्पतालमा र १८ शव जिल्ला अस्पताल कलैयामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हावाहुरीका कारण बाराको फेटा गाउँपालिका वडा नं १ र ६ बढी प्रभावित भएको छ । सनाखत भएकामा १३ जना फेटा गाउँपालिकाका मात्रै छन् । चार जना भारतीय नागरिक छन् । एक जना वीरगञ्जका छन् ।

मृत्यु भएकामा बाराको फेटा गाउँपालिकाका– १ का ५० वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवीदास, २४ वर्षीया रुनी देवी, ६ वर्षीय नन्द पटेल, १२ वर्षीया रुवि खातुन, विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुनको सनाखत भएको छ ।

यस्तै फेटा गाउँपालिका– ६ कै ११ वर्षीया नोक्सारा मियाँ, चार वर्षीया आलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीय शम्सिदा खातुन र १८ वर्षीया सवनम खातुनकोसमेत मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै बारा भवानीपुर– १ का ४५ वर्षीय राम माझी र ४ वर्षीय सुरज मुखिया, पर्सौनीका ५५ वर्षीय अक्षयलाल माझी, कलैया १८ की ५० वर्षीया गढीमा देवी र सुवर्णपुर– ८ का तारिफा खातुनको घटनामा ज्यान गएको छ । घटनामा महागढीमाई– ७ का ७५ वर्षीया कोइरीदेवी, सुवर्णपुर– ४ का ६५ वर्षीय श्रीप्रसाद यादवको ज्यान गएको छ ।

भारत मोतिहारीका हितलाल सहनी, राजेश मुखिया, अवधेश पासवान, राधे लोडीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पर्सा वीरगञ्जका सरोज रामको सनाखत भएको मन्त्रालयले जनाएको छ ।

सातको शिक्षण अस्पतालमा उपचार

हावाहुरीका कारण अहिलेसम्म ६६८ जना घाइते भएकामध्ये २८४ जना उपचारपछि घर फर्किएका छन् । ७ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेमा बारा फेटा गाउँपालिका– ९ का ३६ वर्षीय कृष्ण पटेल, ५९ वर्षीय महमद मियाँ, ५० वर्षीय सुरेश पटेल, तीन वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र पर्साकै नौ वर्षीय सलिना खातुन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।