संघीय निजामती सेवा ऐनको बिरोधमा रोल्पाका स्वास्थ्यकर्मी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

संघीय निजामती सेवा ऐनको बिरोधमा रोल्पाका स्वास्थ्यकर्मी


१८ चैत्र २०७५, सोमबार


रोल्पा । रोल्पा जिल्लामा चौथो तहका स्वास्थ्यकर्मीले प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ मा लेखिएका केही दफाहरुमा असन्तुष्टि जनाउदै आइतबार बिहान जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोबिन्द श्रेष्ठ मार्फत संघीय कार्यालयलाई ज्ञापन पत्र भुझाएका छ्न।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रोल्पा जिल्लाका विभिन्न अस्पताल, तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थयकर्मी कर्मचारीहरुले प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ले आफूहरुको अधिकार खुम्चिने भन्दै पुनराबलोकन गर्न आग्रह गरेका हुन् ।

कर्मचारीले यसअघि स्वास्थ्य सेवा ऐन २०५३ अनुसारनै पाउँदै आएको सेवा सुविधा अब आउने संघीय निजामती सेवा ऐनले कटौती गर्ने देखिएको भन्दै पुरानै ऐन अनुसारको सेवा सुविधा सुनिश्चित गर्न माग गरेका छन् ।

‘हामीहरुको माग भनेको पुरानै ऐन २०५३ अनुसार काम हुनु पर्‍यो, हामीहरु २०५३ ऐन अनुसारनै सेवा प्रबेश गरेको र अब ल्याउन लागेको संघीय निजामती ऐनले धेरै सेवा सुविधा कटौती गरेको छ । त्यसमा हाम्रो बिरोध हो, २०५३ अनुसारनै हामीले पाउँदै आएको सेवा सुविधा सुनिश्चित हुनु पर्छ, अहेब दामोदर सुवेदिले भने ।

१५ जनाको संख्यामा ज्ञापन पत्र बुझाउन गएको टोलिले रोल्पा जिल्लामा यो तहमा १०० बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र आफूहरुले उठाउँदै आएको मुद्धा सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छ्न।

Tags :
प्रतिक्रिया दिनुहोस