एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ ।

बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु ३ अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस