१ हजार ३५७ स्थानमा सिसी क्यामरा जडान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१ हजार ३५७ स्थानमा सिसी क्यामरा जडान


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा १ हजार ३५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ । अपराध नियन्त्रण गर्ने उद्देश्यले आर्थिक वर्ष शुरुआतदेखि अहिलेसम्म विभिन्न संघसंस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ मा १५७, प्रदेश नं २ मा १९१, प्रदेश नं ३ मा ८५, गण्डकी प्रदेशमा १४५, प्रदेश नं ५ मा २२५, कर्णाली प्रदेशमा २१२ र सुदूरपशिचम प्रदेशका १६५ स्थानमा क्यामरा जडान भएका छन् । महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।

उनले सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएकोे बताए । अहिलेसम्म विभिन्न संघसंस्थाको सहयोगमा एक हजार १२३ र प्रहरीको आफ्नै बजेटबाट २३४ स्थानमा क्यामरा राखिएको छ । सोमा ९२५ क्यामरालाई भने प्रहरीले आफैँ निगरानी गर्दै आएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने कामसमेत भइरहेको छ । अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता गरी प्रहरी र समुदायले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, ५ हजार २९३ वडा समिति, ४ हजार ८८८ टोल समिति र ५ हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस