२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थामियो शेयर बजार

अ+ अ-

काठमाडौं । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो ।

कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ विन्दुले बढेको छ ।

यस्तै होटल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बीमा ५२.९३ विन्दुले घटेको छ ।

स्टकका अनुसार बैंक अफ काठमाडौँको रु २ करोड १२ लाख ४३ हजार ५८० बराबरको कारोवार भयो । प्रभु बैंकको रु १ करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको रु १ करोड छ लाख ४ हजार ५४१, नागरिक लगानी कोषको रु ९८ लाख एक हजार २८७, एनआइसी एशियाको रु ९७ लाख ६४ हजार ३६५ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

अरुण कावेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका शेयरधनीले २.९७ प्रतिशतले कमाए ।

स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस