समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हाम्रो हो : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हाम्रो हो : प्रधानमन्त्री ओली


१७ चैत्र २०७५, आइतबार


शंखधर साख्वा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल नयाँ आत्मविस्वास, विकास र अभियानअन्तगर्त फरक आन्दोलनको यात्रामा अघि बढेको बताएका छन् ।

आइतबार रिपोटर्स क्लको २१ औ बार्षिकात्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलापहिला अधिकार प्राप्ती र राजनीतिक आन्दोलनमा केन्द्रीत हुनुपरेपनि अव ति अधिकार प्राप्त भइसकेकाले अव ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सवै लाग्नुपर्ने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विगतमा भएका आन्दोलनका उपलव्धिलाई रक्षा गर्न नसक्दा पटकपटक आन्दोलन गर्नुपरेपनि पछिल्लो आन्दोलनबाट मुलुकमा नयाँ संविधान र जनताको चाहाना अनुसार राजनीतिक व्यवस्था कायम भएकाले अवको सवै मिलेर समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प नभएको बताए । ‘पहिलाका आन्दोलनका उपलव्धी हामीले रक्षा गर्न सकेनौ, कमजोरी भयो । परिवर्तनहरुलाई पछाडी फर्काउन खोजियो । बाटा वाङटिङगा भए होलान् तर देशलाई पछाडि फर्कन नदिने अठोट हामीले गर्यौ । सहजै द्वन्द्व व्यवस्थापन र सामन्तीतन्त्रलाई परास्त गर्यौ’ प्रधानमनत्री ओलीको भनाई थियो ।

‘समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हाम्रो हो । तर यसका लागि हामी एक्लैले बनाउदा विलम्ब हुने भएकाले विदेशी मित्रको सहयोग लिन खोजेका हौँ । लगानी सम्मेलन सम्पन्न गर्ने कुरामा राष्ट्र एकजुट भएर अगाडि बढेको सन्देश दिन सफल भयौ’ लगानी सम्मेलनमार्फत विश्वलाई नोपालमा शान्ति कायम भएको शन्देश दिन सकिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस