२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असारसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताएका छन् ।

शनिबार ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने जानकारी गराए ।

उनले भने, “कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ, अहिले विकास निर्माणको काम भइरहेको छ, त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गछौं ।”

उनले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराए ।

उनले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताए ।

उनले भने,“अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ द्रुतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ, नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहन्छ ।”