‘मोदीले विश्वलाई अंगालो मार्दै हिंडे, आफ्नालाई निकट बनाएनन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘मोदीले विश्वलाई अंगालो मार्दै हिंडे, आफ्नालाई निकट बनाएनन’


१६ चैत्र २०७५, शनिबार


भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मानिसलाई अँगालो मार्दै हिँडे पनि आफ्ना देशका नागरिकलाई आफ्नो नजिक राख्न नसकेको भातीय कांग्रसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाएकी छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच भद्राले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका नागरिकको मन जित्न नसकेको आरोप लगाएकी हुन् ।

प्रियंकाले अयोध्यामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीलाई आफ्नै निर्वाचन क्षेत्र वाणासीमासमेत नगएको गुनासो गरेकी छन् ।

उनले भनिन्,‘ प्रधानमन्त्रीको आफ्नो निर्वाचन क्षेत्र बाराणसीका स्थानीय जनतालाई मैले प्रधानमन्त्री आए नआएकोबारे सोधेकी थिएँ, जवाफ नआएको पाएँ ।’

भद्राले प्रधानमन्त्री मोदीलाई आफ्नै क्षेत्रको पनि वास्ता नगरेको र कुनै पनि काम नगरेको आरोप लगाएकी छन् । उनले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै ‘चौकिदार’ बनेको तर गरिबलाई वेवास्ता गरेको आरोप लगाइन् ।

महासचिव भद्राले मोदी नेतृत्वको सरकार गरिब किसानको विरुद्धमा रहको धनीलाई झन धनी बनाउन केन्द्रीत भएको बताइन् ।

भारतमा लोकसभा निर्वाचनको तयारी भइरहेको छ । निर्वाचनको तयारीमा लागेका विभिन्न दलहरुले एक अर्काप्रति आरोप प्रत्यारोप, टिका टिप्पणी गर्दैै आइरहेका छन् ।

निर्वाचन आउँदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुने भएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस