२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता

अ+ अ-

न त पढ्न सके,
न त नाम निकाल्न सकेर जागिर गर्न सके,
न त लगानी लाएर व्यापार गर्न सके,
न त विदेश जान सके,
मेरो उमेर बाहेक केही बढेन बा,
त्यसैले बा अब म नेता बन्छु है ।

समाजसेवाको नाममा पैसा कमाउने पेसो,
ठेक्का पट्टाको नामा भ्रष्ट्रचार गर्ने पेसो,
न त योग्यता नै चाहिने, न त अनुभव नै चाहिने,
दिन रात गफ र खान पान गरे हुने,
कामको नाममा सिन्को भाँच्न नपर्ने,
आफन्त र नातागोतालाई जागिर सम्म लगाउन सक्ने,
पैसा कमाउन परे पनि धेरै समय नलाग्ने पेसा हो नेता,
बा त्यसैले म नेता बन्छु है ।

घर परिवार छोड्न नपर्ने,
मान मर्यादा र स्थान पाउने पेसा,
चर्को भाषण गरे हुने,
कनिका जस्तै आश्वासन छरे हुने
न त सीप चाहिने न त योग्यता
न सरुवा हुने
न त लगानी लाग्ने, केवल फाल्नु समय दिए हुने
तर बिना लगानीको इज्जत र नाफा हुने पेसा,
फाइदा छ बा त्यसैमा, त्यसैले म नेता बन्छु है ।

गुट उपगुट खोल्यो, लगानी र योगदान गरेकाहरूलाई पाखा लगायो,
कार्यकर्ता बाहेकका सबैलाई जनता देख्यो,
जनतालाई साना मसिना देख्यौ,
सिद्धान्त र आदर्शका बेमौसमी कुरा खोक्यो,
अब के छ र थोर धेर समय पछि मन्त्री सम्म बन्न सकिने,
काठमाडौँ लगायतका स्थानमा घर सम्पत्ति जोड्न सकिने,
न हाकिमको डर, न साहुको डर, न घरको डर,
न इज्जतको डर, मोज छ बा मोज यसमा ,
त्यसैले म नेता बन्छु है बा नेता ।

हजुरले देख्नु भएको त छ नि,
पल्ला घरे दाइले डिग्री पढेर के गरे, बल्ल खरीदार हुँदै अधिकृत बनेऽ
उपल्ला घरे भाइले विदेश गएर के गर्‍यौ, २० वर्षमा बल्ल काठमाडौँमा घर जोड्यो
पारिगाँउको साहुको छोराले उद्योग चलाएर के गरे, बल्ल एउटा अर्को उद्योग थप्यो,

तर,
वर्षै पिच्छे तपाईँ हामीले भोट दिने नेताले ,
हाम्रो भोट बाहेक केही पाएका छैनन् तर,
छोरा छोरीलाई विदेशमा सेट गराए,
काठमाडौँमा महल ठडाए,
नयाँ नयाँ गाडी भित्राए,
उनैको इज्जत छ उनैको चर्चा छ बा गाउँमा
त्यसैले बा अब म केही गर्न सक्दिन, नेता बन्छु है बा, बा नेता बन्छु है ।

धुर्कोट २ पिपल धारा गुल्मी

प्रतिक्रिया दिनुहोस