काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।
प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बैठक बसेकको थियो ।
बैठक पश्चात शिक्षा मन्त्रालयले प्रश्नपत्र ४ घन्टाभित्रै रुजु गर्न निर्देशन दिएको हो ।
मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरेको हो। देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन्।
साँझ ६ बजेसम्म पश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिको बैठक पुनः बस्नेछ। उक्त बैठकले थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।