शिक्षा मन्त्रालयले बोलायो सुरक्षा समितिको बैठक, एसईई परीक्षाबारे छलफल हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षा मन्त्रालयले बोलायो सुरक्षा समितिको बैठक, एसईई परीक्षाबारे छलफल हुने


प्रशासन संवाददाता

१५ चैत्र २०७५, शुक्रबार


 काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ ।

शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा दिउँसो १२ बजेका लागि बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ ।

समितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् ।

शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो ।

उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो ।

थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भवना छ ।

आगामी दिनको परीक्षा के कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस