विकासका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोत परिचालन गरिनेछ : प्रम ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विकासका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोत परिचालन गरिनेछ : प्रम ओली


१४ चैत्र २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गर्नु पर्ने बताएका छन् ।

नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला –२०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताएका छन् । ‘सरकार राष्ट्रिय आकांक्षा पुरा गर्न बहुआयामिक विकासमा लाग्दछ ‘ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।’

प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताएका छन् ।’सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं ।

विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं’ प्रधानमन्त्री ओलीले भने ‘लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुन कुन ऐन कानुन संसोधन गर्नुपर्दछ तपाईंहरुको सुझाव आओस । सरकारले त्यस्ता कानुनहरुको संसोधन गर्दछ ।’

प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमी भएको बताएका छन् । ‘ विदेशी लगानीका लागि नेपाल उपयुक्त छ’ प्रधानमन्त्री ओलीले भने’ यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सजह छ ।’

प्रधानमन्त्री ओलीले विगतमा मुलक वर्वाद पारिएको सवाइ सुनेर मात्र देश विकास नहुने बताएका छन् । ‘विगतका सवाइ सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस