२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवले मनायो विश्व रंगमञ्च दिवस (फोटो फिचर)

अ+ अ-

काठमाडौं । विश्व रंगमञ्च दिवस मनाउने क्रममा नेपालमा पनि यस दिवस मनाइएको छ । हालसालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल कीर्तिपुरमा संक्षिप्त कार्यक्रम र चियापान गरी विश्व रंगमञ्च दिवस मनाएको हो ।

महोत्सव आयोजक सात संस्थाहरु एक्टर्स स्टुडियो, कथा घेरा, मण्डला थिएटर, वन वल्र्ड थिएटर, शिल्पी थिएटर, थिएटर मल र थिएटर भिलेजले कार्यक्रमको आयोजना गरेको हो ।

रंगकर्मी, कलाकर्मीको जमघटका माझ छोटो नाट्य प्रस्तुतिका र विश्व दिवसको सन्देश वाचन गर्दै दिवस मनाइएको हो ।
सबिर चुरौटे र सञ्जिता पराजुलीले तयार पारेको नाट्य प्रस्तुति ‘फादर करिअरः एन एक्सपेरिमेन्ट’बाट सुरु भएको कार्यक्रममा सम्पन्न नाट्य महोत्सको संक्षिप्त समिक्षा पनि गरिएको थियो ।

प्रमुख आतिथि संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले रंगमञ्चसम्बन्धी सरकारी निकाय भएपनि उल्लेखनीय कामहरु हुन नसकेको स्वीकार्दै आगामी दिनमा नेपाली रंगमञ्च बारे योजनाहरु तय गर्न छलफल गर्न तयार रहेको बताए ।

कवि विप्लव प्रतीकले नेपाली रंगमञ्चको एकताको विम्वको रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफल रुपमा सम्पन्न भएको उल्लेख गरे । त्यस्तै सन् १९६५ पछि विश्व रंगमञ्च दिवस मनाउन थालिएको विश्व परिप्रेक्षमा बोल्दै डा. अभि सुवेदीले वर्तमान नेपाली रंगमञ्चलाई युवा पुस्ताले सक्रिय बनाइरहेको उल्लेख गरे ।

महोत्सव निर्देशक राजन खतिवडाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै विश्व रंगमञ्च दिवस समेत एकवद्ध भई मनाउन पाउनु हाम्रो सुन्दर समय रहेको बताए ।

रंगकर्मी सरिता गिरीले विश्व रंगमञ्च दिवसको सन्दर्भमा आएको विश्व सन्देश वाचन गरेकी थिइन् । यस वर्ष क्युवाका रंगकर्मी कार्लोस सेल्ड्रानले विश्व सन्देश प्रेषित गरेका थिए ।

यसै क्रममा मार्च २० मा मनाइने विश्व बाल रंगमञ्च दिवसलाई पनि जोड्दै यही कार्यक्रम अन्तर्गत जोड्दै नेपालमा बाल रंगमञ्चबारे संक्षिप्त चर्चा गर्दै रंगकर्मी सञ्जिता पराजुलीले भारतकी ८ वर्षीय कलाकारले प्रेशित गरेको विश्व सन्देश वाचन गरेकी थिइन् ।

कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले नाटकघर खोलेकै महिना कीर्तिपुर रंगमञ्चमा विश्व रंगमञ्च दिवस पाउनु सुखद रहेको बताए । रंगकर्मी आकांक्षा कार्कीले उद्घोषणको क्रममा रंगमञ्च दिवसलाई आफ्नो जन्मदिन जस्तो लाग्ने बताइन् ।

कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलको सहकार्यमा गत महिना नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल, कीर्तिपुर रंगमञ्चको उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस