नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु, बैठकमा आपसी सहयोग परियोजनाबारे समीक्षा हुने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु, बैठकमा आपसी सहयोग परियोजनाबारे समीक्षा हुने


१४ चैत्र २०७५, बिहिबार


काठमाडौं । नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा नेपाल र भारतका सहयोग परियोजनाको समीक्षा हुने जनाइएको छ ।

बैठकका क्रममा रेल निर्माण, पेट्रोलियम पाइपलाइन, अरुण तेश्रो जलविद्युत् आयोजना, हालै भारतको काश्मिरमा भएको आतंककारी हमलापछिको अवस्थाका बारेमा छलफल हुन सक्ने स्रोतले बताएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका विदेश सचिव विजय गोखले सहभागी भएका छन् ।

भारतीय विदेश सचिव गोखले आजै नेपाल आएका हुन् । उनले नेपालमा रहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत कुराकानी गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी शुक्रबार अपरान्ह स्वदेश फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस