२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिबाटै नाम, दाम र इज्जत

अ+ अ-

घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउँछन् ।

प्राविधिक शिक्षा पढेका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरेका छन् । आफ्नै माटोमा भविष्य खोज्न सफल भएका छन् ।

कृषिप्रतिको लगावकैै कारण उनी अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त छन् । विद्यालय अध्यापनमा मध्यमखालका उनलाई बुबाले पढाइ जारी राख्न दबाब दिन्थे । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो । पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उनको बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढेका उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनी तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बनेका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।

तरकारीबाट मात्रै महीनामा रु ३० हजारको आम्दानी गर्दै आउका उनले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गर्दै आएका छन् । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ”, चौधरीले भने, “एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उनले बताए ।

रु पाँच लाख लगानीबाट कुखुरापालन शुरु गरेका उनले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आएका छन् । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् ।

‘गतवर्ष बजार व्यवस्थापन नहुँदा तरकारी कुहिएर खेर गएको थियो’, उनले भने, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस