२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख सम्पदा क्षेत्रमा बाँदरको आक्रमण, मानिसमा रोग सार्दै

अ+ अ-

काठमाडौं । प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।

उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो ।

मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन् । हाल पशुपतिमा ४५०, स्वयम्भूमा ४५०, साँखु बज्रयोगिनीमा १०० र नीलबाराहीमा ७० को सङ्ख्यामा बाँदर रहेको बाँदरसम्बन्धी अध्ययनमा लागेका डा मुकेश चालिसेले जानकारी दिए ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदामा बाँदरले क्षति पुर्‍याए पनि सरोकार भएका निकायले यसको संरक्षणमा खासै ध्यान दिएका छैनन् ।

गोकर्णेश्वर महादेव मन्दिरको झिँगटी र काठ बाँदरले खसालेर पानी चुहिने बनाएको छ । पानी परेका बेला मन्दिरभित्र बसेर पूजा गर्न नसकिने पुजारी जगदीश भट्ट बताउँछन् । झिँगटीको छाना बाँदरले फालेर ऐतिहासिक मन्दिरमा क्षति पुग्न थालेपछि यसै वर्ष महायज्ञ गरी पित्तलमा सुनको लेप लगाउने अभियान शुरु गरिएको छ ।

ललितपुरमा रहेको पाटन दरबार क्षेत्रमा पनि बाँदरले झिँगटी झारी क्षति पुर्‍याएको छ । ललितपुर महानगरपालिका सम्पदा संरक्षण शाखा प्रमुख चन्द्रशोभा शाक्य एउटा झिँगटी बाँदरले खसालेपछि त्यही बाटोबाट चाङका चाङ खसेर समस्या हुने गरेको बताउँछन्। “बाँदरले सम्पदा भत्काउने बाटो बनाएपछि झिँगटी, काठ, माटोजस्ता संरचना खस्न थाल्छन् ।

पाटनको कृष्णमन्दिर अघि बाँदरले झिँगटी खसाल्न थालेपछि लामो समयदेखि पर्यटक जान छाडेको अध्ययनका क्रममा भेटिएको अनुसन्धाता चालिसेले बताए । बढी पर्यटक आउने क्षेत्रमा बाँदर समस्या बनेपछि महानगरपालिकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको शाखा प्रमुख शाक्यले जानकारी दिए ।

पशुपति क्षेत्रमा जङ्गल रहेकाले तुलनात्मक रुपमा यहाँका सम्पदामा बाँदरले धेरै असर गरेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल जैविक विविधताका लागि बाँदर आवश्यक रहेकाले अन्यत्र सार्ने पक्षमा आफू नरहेको बताउँछन् ।

‘दाताको सहयोगमा पशुपति क्षेत्रमा बाँदरका लागि भोजनस्थल, जलस्थललगायत संरचनाको व्यवस्था गरिएको छ, प्राकृतिक रुपमै बाँदरलाई बस्न दिए यसले मानिस र सम्पदामा असर गर्दैन, हाल पशुपति क्षेत्रमा थेग्न नसक्ने सङ्ख्यामा बाँदर छैनन्, मेरो कार्यकालमा अन्त बाँदर पठाउँदिनँ’, उनले भने ।

एक दशकअघि पशुपतिका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लाका जङ्गलमा लगेर छाडिएको थियो । पशुपतिबाट लगी छोडिएका बाँदरले ती जिल्लामा दुःख दिइरहेका छन् ।

लुम्बिनी क्षेत्रमा नीलगाई र हाँसबाट सम्पदा जोगाउनुपर्ने समस्या आइपरेको छ । २० देखि ३० सङ्ख्यामा भए प्राकृतिक रुपमा राम्रो हुनुका साथै पर्यटकलाई आकर्षणसमेत गर्छ । धेरै सङ्ख्या भएर सम्पदामा क्षति गर्न थालेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

सम्पदा क्षेत्रमा बढेका बाँदरलगायत जनावरको व्यवस्थापनका लागि वन विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले काम गर्नुपर्ने चालिसेको भनाइ छ । धेरै भएकालाई चिडियाखानामा राख्नुका साथै अनुसन्धानमा पनि प्रयोग गर्न सकिन्छ ।

सम्पदा संरक्षणको जिम्मेवारी लिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बाँदरका कारण सम्पदामा क्षति पुगेकाले समाधानको उपाय खोजी गर्नुपर्ने बताउँछन् । झिँगटीको छाना भएका सम्पदामा बढी क्षति पुग्ने गरेको उनले जानकारी दिए ।

मानिसमा रोग सार्दै बाँदर

बाँदरले सम्पदामा क्षति गर्ने मात्र नभई मानिसमा रोगसमेत सार्ने गरेको छ । मानिसको भीडभाड हुने सम्पदा क्षेत्रमा बाँदरको भीडले संक्रामक रोग सर्ने गरेको छ । यसलाई चिकित्सकले पनि बाँदरबाटै सरेको हो भनी पत्ता नलगाउने भएकाले सङ्ख्या बढे पनि सरोकार भएका निकायले केही गरेका छैनन् ।

“सम्पदास्थलको क्षमताभन्दा बढी राखिएका बाँदरले मानिसमा धेरै रोग पनि सारेका छन्, झाडापखाला, क्षयरोग, लुतो, पेटसम्बन्धी धेरै रोग, यौन रोगलगायत बाँदरबाट मानिसमा सरेको पाइएको छ”, उनले भने।

ठूला सम्पदा नजिकका जिल्लामा बाँदर आतङ्क

काठमाडौंका विभिन्न सम्पदास्थलमा बढी भएका बाँदर राजधानीसँग सीमा जोडिएका जिल्लामा लगेर छोड्दा त्यहाँ पनि समस्या बन्दै गएको छ । नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सीमावर्ती स्थानमा छोडिएका बाँदरले किसानको उठीबास गराउन थालेको छ ।