२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रुमरले सफा गरिँदै काठमाडौँका सडक

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि बु्रमर (यान्त्रिक कुचो) को प्रयोग गरी सडक सफा गर्न शुरु गरेको छ । कामपाले आज शुभारम्भ कार्यक्रमको आयोजना गरी गत फागुन २८ गते इटलीबाट ल्याइएका ५ बु्रमर प्रयोगमा ल्याएको हो ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक दिन साँझ आठ बजेदेखि बिहान चार बजेसम्म सडक सफाई कार्य हुने जानकारी दिए । उनका अनुसार उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग गरिनेछ । कामपाका उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले यस यन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि सडक विभागको मातहतमा रहेको सडकमा रहेका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको जानकारी गराए ।

कामपामा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार काठमाडौँलाई धुलोमुक्त बनाउन ५ ब्रुमर अपुग रहेको भन्दै १५ वटा आवश्यक रहेको बताए । कानूनी रुपमा ८ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका २ ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

५ ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण कार्य तीव्र रुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

यी बु्रमर सञ्चालनको लागि हाल पाँच वटा सडक क्षेत्र तय गरिएको छ जसमा टेकुबाट शुरु गरी सोल्टीमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्म रहेको छ । त्यस्तै टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो क्षेत्रका सडक रहेको छ ।

टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौँ प्लाजासम्मको रहेको छ । दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरी धारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिने छ ।

त्यस्तै कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुचेपाटी, बत्तीसपुतली, प्रदर्शनी मार्ग रहेको छ । पाँचौँ क्षेत्र अन्तर्गत न्युरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कुल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायण गोपाल चोक, चाबहिलको सडक सफा गर्ने छ ।