गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्न सकिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले आज आयोजना गरेको कार्यालय प्रमुखबीचको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकारले काम गर्ने वातावरण तयार गरेपनि बजेट खर्च सन्तोषजनक नभएको भन्दै कार्यालय प्रमुखलाई द्रुत गतिमा काम गर्न निर्देशन दिए । उनले प्रदेश सरकारको कूल बजेटको जम्मा ११ प्रतिशत मात्र खर्च हुनुभनेको अत्यन्त दुःखद भएकाले तीनै तहसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।
उनले गण्डकी प्रदेश सरकारले समृद्ध प्रदेश निर्माण गर्नका लागि परेकाले सबैले सहयोगी भावनाले प्रदेश सरकारलाई हेनुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले आवश्यक कानून निर्माण भइसकेकाले आगामी दिनमा काम गर्न सहज हुर्ने धारणा व्यक्त गरे ।







