२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँची खेतीमा किसानको आकर्षण

अ+ अ-

डोटी । पछिल्लो समय जिल्लाका किसानको अलैँची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताए ।

उनले भने ‘अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मेहनेत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।’

‘खोल्सीको कालो सुन’ अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका ५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताए । उनले भने, ‘अलैँची लगाउन ठूलो केही चाहिँदैन, सामान्यतया पानी हुने खोल्साखोल्सीमा पनि भएकाले अलैँची खेती गर्दा फाइदै फाइदा छ ।’

यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैंँचीले ढाकेको छ । जेठ तेस्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंँचीको बिरुवा रोप्ने गरिन्छ । सोही समयमा अलैँची खेती गरेका यहाँका किसानको अलैँची अहिले ढकमक्क परेको छ । यहाँका किसानले लगाएको अलैँची खेतीले गाउँ घरका खोल्साखोल्सी पनि रमाइलो भएको केआइसिंह –२ का शेरबहादुर ऐरले बताए । उनले भने, ‘शुरु शुरुमा के अलैँची होला सोचेका थियौँ, अहिले त ढकमक्क भएर यहाँको शोभा नै बढाएको छ ।’

यहाँका किसानले पूर्वी नेपालका इलाम, ताप्लेजुङलगायत ठाउँबाट अलैँचीका बिरुवा ल्याएर खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । डोटीमा पहिलो पटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् । यहाँका किसानले सयौँ रोपनी खेतमा अलैँची लगाएको बताइएको छ । अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसान भने चिन्तित भएका छन् ।

पछिल्लो समय डोटीका किसानले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेपछि यहाँका बाँझा तथा खोल्सा परेका जमीन कामलायक हुन थालेको बडीकेदार गाउँपालिका १ बिपी नगरका लोकेन्द्र छेडालले बताए । उनले भने, ‘काम नलाग्ने भनेर छोडिएका जमीन पनि अलैँची खेती गरिन थालेपछि सदुपयोग भएको छ ।’

प्रतिक्रिया दिनुहोस