काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) केदार ढकाललाई दिएको छ ।
तत्कालीन प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएपछि उनको स्थानमा ढकाललाई नियुक्त गरिएको हो ।
नागरिक र सञ्चारमाध्यमसँग सूचना प्रवाह तथा आदानप्रदानका लागि प्रवक्ताको जिम्मेवारी ढकाललाई दिइएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।