हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा


१२ चैत्र २०७५, मंगलबार


हुम्ला । हुम्लामा फेरी हिमपात भएको छ । हिमपातले एसइई दिने विद्यार्थी समस्यामा परेका छन् । सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थी हिमपातले बढी समस्यामा पर्ने भएका छन् ।

जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए।

चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीका लागि चिसो बढेर परीक्षामा लेख्न समस्या निम्त्याएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको छ ।

यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस