राष्ट्रिय महिला फुटबल खेलाडीलाई जनही साढे २ लाख पुरस्कार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय महिला फुटबल खेलाडीलाई जनही साढे २ लाख पुरस्कार


१० चैत्र २०७५, आइतबार


काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीले जनही साढे २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश नम्बर १ सरकारले १–१ लाख तथा विराटनगर महानगरपालिकाले ५० हजार दिने घोषणासँगै खेलाडीले समग्रमा २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका हुन् ।

शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो ।

उपविजेता भएपछि प्रदेश सरकारले जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

यस्तै, विराटनगरमा सम्पन्न एन्फाको साधारणसभाले जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

विराटनगर महानगरपालिकाले ५० हजार दिने घोषणासँगै खेलाडीले २ लाख ५० हजार पुरस्कार पाउने भएका हुन् ।

पुरस्कार घोषणा गर्ने र समयमै नदिने प्रवृत्तिबाट खेलाडी भने हैरान छन् ।

एन्फाले गत कात्तिकमा ओलम्पीक छनोटमा दोस्रो चरणमा स्थान बनाएपछि खेलाडीलाई ५० हजार दिने घोषणा गरेको थियो ।

तर पुरस्कार भने ६ महिनापछि वितरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस