नायिका करिश्माले दिइन विजय स्मारक केन्द्रबाट एसइई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नायिका करिश्माले दिइन विजय स्मारक केन्द्रबाट एसइई


१० चैत्र २०७५, आइतबार


काठमाडौं । नायिका मरिश्मा मानन्धरले आजबाट शुरु भएको माध्यमिक शिक्षा (एसइई) परीक्षा दिएकी छन् ।

उनले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक केन्द्रबाट परीक्षा दिएकी छन् ।

१४ वर्षको उमेरमै पढाइ छोडेर फिल्म क्षेत्रमा लागेकी उनले कक्षा ८ मा मैतीदेवीस्थित त्रिवेणी स्कुलमा भर्ना भएर पढ्न थालेकी हुन् ।

हाल उनी ४५ वर्ष पुगेकी छन् ।

यस वर्ष एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस