नारायणीमा बेपत्ता बालकको खोजीका लागि १६ जनाको टोली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नारायणीमा बेपत्ता बालकको खोजीका लागि १६ जनाको टोली


९ चैत्र २०७५, शनिबार


चितवन । नारायणी नदीमा बिहीबार दिउँसो डुबेर बेपत्ता बालकको खोजीका लागि १६ जनाको टोली खटिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अन्दाजी १२/१३ बर्षका मनिषको खोजीका लागि सात जना गोताखोर र सशस्त्र प्रहरीसहित १६ जनाको टोली खटाइएको हो ।
जितपुर बस्ने सन्दीप चौधरीका छोरा बिहीबार दिउँसो २ बजे नारायणी नदीमा डुबेर बेपत्ता भएका थिए।

विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट प्रहरी निरीक्षक ईश्वरी अधिकारीको कमान्डमा गोताखोर टोली र सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन आपटारीबाट प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठको कमान्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको छ।

टोलीले बिहीबार र शुक्रबार खोजतलास गर्दा पनि बालक फेला नपरेको सशस्त्र प्रहरी बल नेपाल नं १७ गण आपटारी चितवनले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस