गजल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गजल


९ चैत्र २०७५, शनिबार


पहिलो भेटमा सम्मान गर्य‍ो, मेरो सत्कार गर्‍यो।
के भयो खै दोस्रो भेटमा छुट्टिनलाई हतार गर्‍यो।

उसका सारा इच्छाहरू पूरा भए जबर्जस्ती,
खै कसरी भनुँ मैले उसले साँचो प्यार गर्‍यो।

सबै कुरा सहमतिमा भएका हुन् त्यतिबेला,
आज मेरै बदनाम गर्यो झुठो कुरा प्रचार गर्‍यो।

यता मलाई जिउँदै मारि के बदला लियो कुन्नि,
दुस्खहरू यता थप्दै उता खुशी भण्डार गर्‍यो।

लिलाम भयो चोखो माया तिर्न नसकेर मूल्य,
कालो धनको लोभमा मायाको नि व्यापार गर्‍यो।

 

Tags :
प्रतिक्रिया दिनुहोस