भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरिन् ।

कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प व्यावसायको प्रवर्द्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताइन् ।

सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिशीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित शुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ ।

आयोजक फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवर्द्धन, विस्तार, नयाँ प्रविधिको प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस