२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौं । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मानप्रसाद हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत थिए । डेढ वर्ष रोल्पामा राहत शिक्षकको काम गरेका अख्तियारका अनुसार २०६८ असोज ११ मा अधिकृतमा नियुक्त भएका थिए ।

अख्तियारले जाँचबुझ गरेको अवधि मंसिरसम्ममा उनको सम्पत्ति ३ करोड १० लाख ३० हजार ७२४ पाइएको छ । अख्तियारका अनुसार १ करोड २७ लाख ६६ हजार ९४५ रुपैयाँको स्रोत खुलेपनि १ करोड ८२ लाख ६७ हजार ७७९ को खुलेन ।

स्रोत नखुलेको रकम जफत गर्न र भ्रष्टाचार निवारुण ऐनअनुसार कारबाही गर्न माग गर्दै दायर गरेको मुद्दामा अख्तियारले मानबहादुर र उनकी श्रीमती आइतमालीलाई प्रतिवादी बनाएको छ ।