१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको बेनीमा पाँच सिँचाइ आयोजना निर्माण शुरु

अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित ५ सिँचाइ आयोजना शुरु भएको छ ।

खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ पूर्वाधार तयार पार्न लागिएको वडाध्यक्ष गोविन्द पौडेलले बताए ।

सो कार्यका लागि सुर्केमेलामा रू १० लाख, सिंगाको कुना तालका लागि रू नौ लाख, ठूलोखोलाका लागि रू ३ लाख र तातोपानीका लागि रू ५ लाख विनियोजन गरिएको छ ।

सुर्केमेलास्थित म्याग्दी नदी किनारमा पानी सङ्कलनका लागि इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर पनि निर्माण गरिएको छ ।

कुनातालमा केही दिनमै इनार खन्न शुरु गरिने उपभोक्ता समितिले जनाएको छ ।

विद्युतीय उपकरणबाट उक्त नदीको पानीलाई तानेर खेतमा बाह्रै महीना सिँचाइ सुविधा उपलब्ध गराइने कुनाताल लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज पौडेलले बताए ।

बास्कुनामा पाँच वर्षदेखि अधुरो बनेको ३ हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाइ सुविधाका लागि २०७१ मा पोखरी निर्माण शुरु भएको थियो ।

नगरपालिकाबाट ५ लाख र संघीय सांसद भूपेन्द्र थापाको सिफारिशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु ५ लाख विनियोजन भएपछि ती योजनालाई पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भीम थापाले बताउनुभयो ।

पोखरी निर्माणमा स्थानीयवासी लालबहादुर केसीले रु ५ लाख सहयोग गरेका छन् ।

५ वर्षअघि बेनी नगरपालिकाको रू ५ लाख, वन कार्यालयको रू ४५ हजार, भू–संरक्षण कार्यालयको रू ५० हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको रू ५० हजारसहित अन्य निकालयको रू १२ लाख सहयोगमा पोखरी खनिएको थियो ।

सत्र मिटर लम्बाइ, ८ मिटर चौडाइ र दुई मिटर गहिराइ भएको सो पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अबको एक महीनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको यो पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने स्थानीयवासी शेरबहादुर केसीले बताए । ‘५ सय रोपनीभन्दा बढी सुन्तला बगैँचामा सिँचाइ सुविधा पुग्छ’, केसीले भने, ‘छहरेखोलाको पानी पोखरीमा सङ्कलन गरेर बगैँचामा सिँचाइ गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस