२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिप्लेढुङ्गामा रङ

अ+ अ-

चिप्लेढुङ्गा । पोखरालाई चिनाउन मद्दत पुर्‍याएको चिप्लेढुङ्गाको ‘ढुङ्गा’माथि पहेँलो रङ पोतिएको छ । रङ दलिएपछि सम्पदामाथि अतिक्रमण गरिएको भन्दै त्यसको विरोध भएको छ ।

पोखराको महेन्द्रपुल नजिक व्यापारिक स्थान चिप्लेढुङ्गा त्यही ढुङ्गाको नामबाट प्रसिद्ध छ । लायन्स क्लब अफ हेम्जाले केही समय पहिला रेलिङ राखेर ढुङ्गाको संरक्षण गरेको थियो ।

क्लबका तत्कालीन अध्यक्ष नवराज त्रिपाठी भन्छन्, ‘हामीले पोखराको व्यापारिक स्थान जुन ढुङ्गाको नामबाटै प्रसिद्ध छ यसलाई जोगाउनुपर्छ भनेर रेलिङ राखेका हौँ । रङ लगाउँदा स्वरुप बिग्रने भन्दै हामीले लगाएनौँ ।’

महेन्द्रपुल र चिप्लेढुङ्गा जाने बाटो छेउमा रहेको सो ढुङ्गा गाडी ठोक्किएर फुट्न सक्ने र इतिहास मेटिन सक्ने भएकाले रेलिङ हालिएको उनले बताए ।

स्थानीयवासी बलराम बाँस्तोला ऐतिहासिक महत्व बोकको ढुङ्गालाई जोगाएर राखिएको बताउछन् । ‘यसको पुरानै स्वरुपलाई जोगाउनु पर्छ’, उनले भने । रङ सफा गरेर पुरानै स्वरुपमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल यसलाई सम्पदामाथिको खेलबाड भएको बताउछन्।’एउटा इतिहास बोकेको वस्तुको प्राकृतिकस्वरुप बिगार्नु उदण्डता हो’, उनले भने, ‘यसको संरक्षणको दायित्व महानगरको हो ।’

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सार्वजनिकस्थलमा पहिचानसँग जोडिएको वस्तुमाथि आफूखुशी गर्ने अधिकार कसैलाई नभएको बताउछन् ।’ढुङ्गामा पोतिएको रङ महानगरले सफा गर्नेर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस