२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा शेयर खरिदका लागि आवेदन

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेकाका छन् । प्रधानमन्त्री ओलीले यस शेयरका लागि पहिलो आवेदनकर्ता हुन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले शेयर खरिद गरेका हुन् ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गरेकी छन् । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गरेका छन् ।

शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताए । प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठूला आयोजनाहरु निर्माण गर्न सकिने बताए । “मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठूला आयोजनाको निर्माण गर्न सक्छौं ” प्रधानमन्त्री ओलीले भने “यस्तो अभियान पर्यटन, कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।”

वहालवाला तथा सेवा निवृत्त भइसकेका पूर्व शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो” प्रधानमन्त्री ओलीले भने “यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पुर्‍याउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस