२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा गाउँपालिकाद्वारा कृषकलाई हाते ट्र्याक्टर वितरण

अ+ अ-

गोरखा । शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जानकारी दिए ।

उनले पहिलो चरणमा छनोटमा परेका १२ कृषि समूह र सहकारीलाई ट्र्याक्टर वितरण गरेका र अब केही दिनभित्रै थप आठ ट्र्याक्टर वितरण गर्ने तयारी भएको बताए । पहिलो चरणमा छ वडाका कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

‘गाउँपालिकाले यो आवमा एक वडा, दुई हाते ट्र्याक्टर वितरणका लागि बजेट विनियोजन गरेको थियो’, शाखा प्रमुख पौडेलले भने, ‘त्यही कार्यक्रमअन्तर्गत पहिलो चरणमा ट्रयाक्टर वितरण गरिएको हो ।’ट्र्याक्टर बितरणका लागि रु नौ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सार्वजनिक सूचना प्रकाशन गरी गाउँपालिकाभित्र दर्ता भएका कृषि फार्म, व्यावसायिक कृषिखेती गर्दै आएका किसान र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको उनले बताए ।

‘३५ जना कृषक तथा कृषि समूहहरु तथा कृषि सहकारीको निवेदन परेको थियो’, उनले भने, ‘निवेदन परेकामध्ये यो वर्षमा १८ जनालाई अनुदान उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको हो ।’ वितरण गरिएका ट्र्याक्टरमध्ये चार डिजेलबाट सञ्चालन हुने र बाँकी ८ पेट्रोलबाट सञ्चालन हुने खालको रहेको शाखा प्रमुख पौडेलले बताए ।

छनोटमा परेका कृषकलाई सदरमुकाममा २ दिइने ट्र्याक्टर चलाउने तालीमसमेत गाउँपालिकाले प्रदान गरेको उनले जानकारी दिए । कृषकलाई वितरण गरिएका ट्र्याक्टरले एक घण्टामा २ रोपनीसम्म जमीन जोत्न सक्ने बताइएको छ ।